नेकपा एमाले ववई गाँउ कमिटिको दोस्रो अधिवेशन ववईको हापुरेमा सुरु भएको छ । पालीकाका कमिटिका अध्यक्ष टंकराज विश्वकर्माको अध्यक्षतामा सुरु भएको अधिवेशको उद्घाटन एमालेका पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले गर्नु भएको छ ।
साे अवसरमा ‘प्रमुखअतिथि पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले भन्नुभयो – ‘मिसन ८४ भनेको जनता संग जोडिने र सम्बन्ध सुधार गर्ने हो, अब ववईमा चुनाव हार्ने छुट एमालेलाई छैन् । ”
उहाँले पार्टीले मिसन-८४ लाई सफल पार्न अर्जुनदृष्टिका रुपमा लिएको भन्दै सबै पार्टी नेता कार्यकर्तालाई आन्तरिक एकता आबश्यक रहेको बताउनुभएको हो । पार्टीको आन्तरिक ब्यबस्थापन र मिसन-८४ लाई सफल पार्न सबैलाई एकताबद्ध भएर काम गर्न निर्देशन दिनुभयो ।
एमालेप्रती जनताको आकर्षण बढेको उल्लेख गर्दै पार्टीभित्र महिला, दलित, जनजाती, सिमान्तकृत समुदायमा लोकप्रिय रहेको बताउनुभयो । देशमा अहिले पनि विभिन्न निर्बाचनमा एमाले रोज्ने गरेको बताउदै चौधरीले आकर्षणलाई थप ब्यबस्थित गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कोमल वलीले सबैको भिजन र मिसनका रुपमा मिसन-८४ लाई लिनुपर्ने बताउनुभयो। मिसन-८४ गित नभएको भन्दै वलिले निर्बाचन मार्फत विकासको नेतृत्व एमालेले गर्नेमा जोड दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा वोल्ने बक्ताहरुले जनताका काममा ध्यान दिन नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन्।
कार्यक्रममा नेकपा एमालेका निर्बाचन आयोगका केन्द्रिय सदस्य हिराचन्द्र केसी, लेखा आयोगका केन्द्रिय सदस्य साबित्रा बिश्वकर्मा, प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्य , उपसचिव पुर्ण बुढा मगर, सचिबालय सदस्य हुकुमबहादुर बस्नेत, रामजी चौधरी मिलन,सदस्य तुलसा केसी , एमाले दाङका अध्यक्ष शिबकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिब श्याम डाङ्गी, उपसचिव भुबनेश्वर पौडेल, नेकपा माअोवादि केन्द्रका खुम कैलास, नेकपा विप्लप निम बहनुर डाँगी, राप्रपाका विर वहादुर विष्ट लगाएतले बोल्नुभएको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश कमिटिका सदस्यहरु , जिल्ला कमिटीका सचिबालय सदस्य, सदस्य तथा गाउँ कमिटीका पदाधिकारी, सदस्य तथा सङ्गठित सदस्यहरुको सहभागीता रहेको थियो ।
उपाध्यक्ष शारदा शाहको स्वागत मन्तब्य बाट सुरु भएको उद्घाटन शत्रको सहजीकरण सचिब डम्बर श्रिसले गर्नुभएको थियो । पालीकाका ७ वडा बाट गरी करिब २५१ प्रतिनिधि सहभागी अधिबेशनको बन्द शत्रले आगामी तिन बर्षका लागी नया नेतृत्व चयन गर्ने एमाले दाङका निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले जानकरी दिनुभयो ।