तुलसीपुर उपमहानगरपालिका सरसफाई शाखामा कार्यरत एक कर्मचारीकाे दुर्घटनामा परि मृत्यु



तुलसीपुर उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत कर्मचारी ३५ वर्षिय कबिराम चौधरी सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

महाशिवरात्रिको दिन बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका तुलसीपुर–२ निवासी चौधरीको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

तुलसीपुर–६ का अध्यक्ष वर्षात भण्डारीले सरसफाई शाखामा कार्यरत कर्मचारी चौधरीको निधनप्रति दुख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

महाशिवरात्रीका दिन साँझ ६ बजेतिर तुलसीपुर –८ चमिखोला नजिकै तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सूर्य रानाले दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–८ निवासी ४८ वर्षीय लक्ष्मी प्रसाद थारु पनि गम्भिर घाइते हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्