दंगीशरण गाउँपालिका वडा न ४ ले वडाका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । वडा भित्रका ३६ जना जेष्ठ नागरीकहरुलाई सिरक, ब्लान्केट तथा प्रमाणपत्र सहित सम्मान गरेको हो ।
वडा न. ४ का वडा अध्यक्ष कमल थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष गिरीले जेष्ठ नागरीकको सम्मान स्वरुप यस्तो खालको कार्यक्रम राखेको भन्दै जेष्ठ नागरीकको सेवा र हेरबिचार गर्नुपर्छ भन्ने शन्देस यो कार्यक्रमले दिन खोजेको बताउनुभयो । उहाँले जेष्ठ नागरीकलाइ प्रत्यक्ष समेटिने थुप्रै कार्यक्रम तथा योजनाहरु ल्याएको समेत बताउनुभयो ।
जेष्ठ नागरीहरुको समस्यालाई मध्यनजर गर्दै स्थानीय सरकारले सम्मानका साथ आफुहरुको माग अनुरुप कार्यक्रम गरेको भन्दै खुसी ब्यक्त गरेका थिए ।
कार्यपालिका सदस्य द्रोपती चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।