तुलसीपुरको एक घरमा आगलागी



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोट जुम्लेटाकुरा निबासी कोट बहादुर पुनको घरमा आगलागी भएको छ ।

स्थानीयका अनुसार खरको छानो भएको कच्ची घरमा आइतबार दिउँसो चार बजेतिर मानिस कोहि नभएको समयमा आगलागी भएको हो ।

घरमा आगलागी हुदा सम्पूणर् सरसामान,नगद तथा जिन्सी समानहरु पुणर् रुपले जलेर नस्ट भएका छन् । घरमा एक्कासि आगलागी भएको र घर पुणर् रुपले जलेर नस्ट भैइसकेपछी मात्रै स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

घरमा पुन दम्पति मात्रै बस्दै आएकोले श्रीमती गाईबाख्रा चराउन ग्वाला र श्रीमान घर बाहिर भएकाले आगलागीको कारण खुल्न सकेको छैन् । आगलागिका कारण के कति क्षेती भएको छ भन्ने बारे विवरण आउन बाकि रहेको स्थानीय दोणर् पुनले जानकारी दिनुभयो । प्रहरीको टोली घट्नास्थलमा पुगिसकेको छैन् ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्