रसुवा – नुवाकोट बाढि: दाङका सम्पर्कविहीन हुनेको संख्या ५३



रसुवाको टिमुरेलगायत क्षेत्रमा काम गर्ने क्रममा सम्पर्कविहीन हुने दाङका एक जना थपिएका छन् ।

बुधबार दिउँसो २ः४० बजेसम्मको अद्यावधिक अनुसार घोराही उपमहानगरपालिका–१२ सानिवगीयाका २० वर्षीय नवीन चौधरी सम्पर्कविहीन रहेको विवरण थप भएको हो

उहाँ रसुवाको टिमुरेमा काम गर्ने गरेको जनाइएको छ । योसँगै दाङका रसुवा बाढीमा सम्पर्कविहीन हुनेको संख्या ५३ जना पुगेको छ । जसमा ४४ पुरुष र ९ जना महिला रहेका छन् ।

हालसम्म ५ जना पुरुष सम्पर्कमा आएका छन् । उनिहरुको खोज तथा उद्धार हुन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्