स्वर्गद्वारी गुठि पिडित किसानहरुले दाङको घाेराहिमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै माेहि पिडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन ।
सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरुप तालाबन्दी गर्नु परेकाे गुठिपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चाैधरिले बताउनुभयाे ।
तालाबन्दी भएका मालपोत र नापि दुवै कार्यालयलाई आन्दोलनकारिहरुले घेरेका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार