
तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालले अस्पताल परिसरभित्र रहेका सटरहरू खाली गर्न दोस्रो पटक १५ दिने सूचना प्रकाशित गरेको छ।
अस्पतालको स्वामित्वमा रहेका सटर नम्बर १ देखि १६ सम्मका सटरहरूको भाडा सम्झौता अवधि असारमै सकिए पनि हालसम्म खाली नगरिएकाले पुनः सूचना जारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताल विकास समितिको निर्णयअनुसार ती सटरहरू पुनः टेन्डर प्रक्रियामार्फत भाडामा दिने तयारी भएकाले तोकिएको समयभित्र सटर खाली नगरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।
अस्पताल प्रशासनले सम्बन्धित व्यक्ति तथा फर्मलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार

