
दाङमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
गढवा गाउँपालिका–५ बाँकीका ३६ वर्षीय भानु रिजालको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा गम्भीर घाइते भई लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गढवाले घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार

