दाङबाट काठमाडौ‌ जाँदै गरेको बस चितवनमा दुर्घटना,३८ घाइते




दाङबाट काठमाडौं जाँदै गरेकाे बस चितवनमा दुर्घटनामा परेको छ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

शुक्रवार बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।
लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्