बजारमा अखाध्य बस्तु फेला, बेचबिखन गरे कारबाहि गर्ने चेतावनी



No description available.

तुलसीपुर बजारका आधिकांश पसलमा अखाद्य बस्तु फेला परेको छ । आज तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले ११ वटा पसलमा अनुगमन गर्दा ८ वटा पसलबाट अखाद्य बस्तु फेला परेको शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । त्यसमा पनि अधिकांश ठूला खाद्यान्न पसल भन्दा साना किराना तथा खुद्रा पसलहरूमा अखाद्य बस्तुहरू भेटिएका थिए ।

No description available.

अनुगमनका क्रममा म्याद नाघेका, लेबल टाँस नगरेका अचार, जिरा मसला, बिस्कुट, घ्यू, चिल्ली संस, बेसार लगायत पेय पदार्थ बरामद गरेर नष्ट गरिएको थियो । त्यसैगरी कतिपय पसलहरूले मूल्य सूची टाँस नगरेको, खाद्य र अखाद्य बस्तु छुट्याएर नराखेको र केही पसल दर्ता समेत नगरेर सञ्चालनमा आएको पाइएको थियो । अनुगमन टोलीले पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर छाडेको छ । अनुगमन टोलीले आगामी दिनमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्नेगरि उपभोग्य बस्तु बिक्री बितरण गरेमा कारबाही प्रकृया अघि बढाइने चेतावनी दिएको छ । अनुगमन टोलीले खाद्य तथा किराना पसलमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्