महाेत्सव अन्तिम हुदै , दर्शककाे सख्या बढ्दै



दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी महोत्सबको दशौ दिनमा गायिका रचना रिमाल र गायक सन्दिप न्यौपाने लगाएतका कलाकारको प्रस्तुतीले आजपनि दर्शकको मन जितेको छ । गत मंसिर २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज दशौ दिन गायिका रिमाल, गायक न्यौपानेसहित डान्सर तथा मोडेल जेनिसा न्यौपाने, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारकोे प्रस्तुतीमा दर्शक रमेका हुन् ।

त्यस्तै आजपनि १२ हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोलीपनि गायक बद्री पंगेनी, डान्सर तथा मोडल अञ्जली अधिकारी, गायिका टिका सानु, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव भोली बुधबारसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्