दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।
चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत रहनुभएकाे थियो । वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो ।
सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए। उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार