
दाङको तुलसीपुर बसपार्कस्थित एक होटलबाट ३० हजार रुपैयाँ चोरी भएको छ। गएराति करिब १२ बजे सुतिरहेको अवस्थामा झ्यालबाट पाइपको सहायताले हापपाइन्ट तानी, हापपाइन्माटमा पर्समा राखिएको नगद रकम चोरी भएको हो।
पीडित उत्तम विकका अनुसार काठमाडौंबाट दाङ आएकाे प्रदेश ०१००६ ख ७०२७ नम्बरको हाइस गाडी चालक उनी राति ११ बजे मेलिना होटल एण्ड लजमा बस्न पुगेका थिए। मध्यराततिर कोठाको झ्यालबाट कपडा तानेर कपडामा राखिएको नगद रकम चोरी भएको उनले बताए।
घटनापछि प्रहरी टोली अनुसन्धानका लागि सोही स्थानमा पुगेको र यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार

