आज पश्चिम र मध्य क्षेत्रका पहाडी भागमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका पश्चिम र मध्य क्षेत्रका पहाडी भागमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीको प्रभाव आज गण्डकी र लुम्बिनीसम्म फैलिने र बेलुकापछि पूर्वतर्फ सर्नेछ।

भोलि काठमाडौँ उपत्यकासहित मधेश र कोशी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो झरी पर्ने सम्भावना भने नरहेको मौसमविद्हरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्