स्वस्थ विजनशैलीका लागि गिद्ध संरक्षण



विश्व वातावरण दिवसका अवसरमा गिद्ध संरक्षण सम्बन्धि गोष्ठि वुधवार विजौरीमा सम्पन्न भएको छ । पर्यावरणिय दिगो विकास एंव अनुसन्धान केन्द्रको आयोजना तथा डिभीजन वन कार्यालय दाङको सहयोगमा गोष्ठि सम्पन्न भएको हो । प्राकृतीक वस्तुहरुको संरक्षणमा टेवा पुर्याउँने उद्धेश्यले गोष्ठिको आयोजना गरिएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले प्राकृतीक चिजहरुको सरंक्षणमा समुदाय स्तरबाटै ब्यवस्थापन तथा संचालन गर्न सके गिद्धहरुको संरक्षण गर्न सकिने बताएका थिए । प्राकृतीक सम्पदाहरुको संरक्षण गरेमा मरभुमिकरण रोक्न सकेमा खानेपानी अभाव, जनजीवीका र स्वस्थ प्राकृतीक वातावरणको सिर्जना हुने बताएका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतीथी तुलसीपुर उपमहानगरपालीकाका प्रवक्ता माधव वलीले गिद्ध प्रकृतीको कुचिकारका रुपमा चिनीने भएकाले प्रकृतीलाई स्वस्थ राख्नका लागि पनि यसको सरंक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो । संकटासन्न अवस्थामा रहेका गिद्धको संरक्षण गर्नका लागि सबैको आ आफनो दायीत्व हुनुपर्ने बताउँनुभयो।‘प्रकृती र सस्ंकृतीको संरक्षण गर्नु सबैको दायीत्व हो, यसलाई जोगाएर नेपाललाई चिनाउँन लाग्नुपर्छ , यसका लागि आगामी वर्षहरुमा वजेट विनीयोजन गरि वन कार्यालयसंग समन्वय गरेर अगाडि बढ्नेछु।’– प्रवक्ता वलीले भन्नुभयो ।

सो अवसरमा तुलसीपुर १६ न. वडाका वडा अध्यक्ष शिवानन्द डांगीले पर्यावरणलाई सहि ढंगले ब्यवस्थापन गर्नुपर्ने बताउँनुभयो । ‘वस्तीका योजना छनौट गर्दा पर्यावरणका विषयमा कुरा उठ्दैन, प्राकृतीक संरचनाका विषयमा केहि योजना आउँदैन, अवका दिनमा यस विषयमा योजना बनाई काम गरिनेछ।’– यहाँले भन्नुभयो ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य डिल्ली अधिकारी, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गोविन्दबहादुर बुढाथोकी, रेञ्जर ईश्वरी बस्नेत, सव डिभिजन वन कार्यालय हापुरेका वरिष्ठ फरेष्टर जयबहादुर डाँगी, नेपाल पत्रकार महासंघका सहसचिव दीप्तीशिखा चौधरीलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा विश्व पंक्षी संरक्षण केन्द्रका भुपाल नेपालीले गिद्ध संरक्षण दिवस मनाउँनुको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो । उहाँका अनुशार २०८० र ०८१ मा दा ङ जिल्लामा गिद्धहरुको गुँडको अवस्था बाघमारे सामुदायीक वनमा २० वटा, संझना सामुदायीक वनमा ५ वटा , उचानिम्बु सामुदायीक वनमा ३५ वटा, बेलामा ३३ वटा र रामपुरमा ३ वटा रहेको तथ्यांक छ । गिद्धको धार्मीक, सास्ंकृती महत्व हुनुका साथै पारीस्थीतीक प्रणाली सदुपयोग गर्न पनि उत्तीकै महत्व छ । गिद्धको जन्मान्तर न्युन र मृत्युदर धेरै भएका कारण गिद्ध सरंक्षण्मा चुनौती रहेको छ ।

गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति ।
ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौको संख्यामा पाईने गिद्ध ९५ प्रतिशत घटेर आज केही हजारमा सीमित हुन पुगेका छन् । भारतमा सन् १९९२ देखि २००७ सम्म डंगर गिद्ध ९९।७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको कुरा अध्ययनले देखाएको छ ।

त्यसैगरी नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ । यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डगंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ ।

यस्तै सव डिभीजन वन कार्यालय विजौरीका वरीष्ट फरेष्टर विरजंग वलीले वातावरण दिवशका विषयमा कार्यपत्र प्रश्तुत गर्नुभएको थियो ।पर्यावरणिय दिगो विकास एंव अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सस्ंथाका सदस्य बालीका तिवारीले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक बन र सहकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्