आज २०८१ असोज ७ गते सोमबारकाे राशिफल



आज २०८१ साल असोज ७ गते सोमबार  सन् २०२४ सेप्टेम्बर २३ तारिख। षष्ठी श्राद्ध। आश्मिन कृष्ण पक्षको षष्ठी तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि -आकस्मिक धन प्राप्त होला ।साथीभाईको पूर्ण सहयोग होला ।तपईको कामको प्रसंसा हुनेछ ।

बृष राशि – स्वादिष्ट भोजन प्राप्त होला । बोलिको प्रभाव बढ्ला ।कार्यमा सफलता होला । मन प्रसन्न रहला ।

मिथुन राशि – अधुरा कार्यहरु पूर्ण हुनेछन् ।पारीवारिक साथले हरेक कार्यमा सहजता छाउला । मनमा उमङ्ग छाउला ।

कर्कट राशि -समय मध्ययम रहला । बोल्दा ख्याल राख्नु होला ,गलत अर्थ लाउनाले मन दुखि होला । सम्वन्धमा धमिलोपन छाउला।

सिंह राशि –नयाँ कार्यको थालनि गर्न उपर्युक्त समय छ । बुद्दिको प्रयोगले अनेकन समस्या समाधान होला । दिन शुभ रहला ।

कन्या राशि – आफ्नो क्षमता प्रति आफै गद्गद् भैइने छ ।कला तथा साहित्यमा रुचि वढ्ला ।पारीवारिक स्नेह,साथ वढ्ला ।

तुला राशि – व्यवसाय फस्टाउने दिन रहेको छ । तिर्थादि यात्रा होला ।एउटै कार्यवाट दोहोरो लाभ प्राप्त होला ।

बृश्चिक राशि – कसैको दवावले कार्यमा बाधा होला । पारीवारिक समस्या होला ।तनाव सृजना हुन सक्छ मानसिक शान्तिमा ख्याल राख्नु होला ।

धनु राशि -कार्यहरु सहजै सम्पादन् होलान् । अग्रजको प्रसंसा पाईएला ।धनागमनका स्रोतहरु वढ्लान् ।

मकर राशि – सामाजीक , धार्मिक कार्यमा मन जाला । आज गरिएको लगानिले दिर्घकालिन फाईदा होला ।

कुम्भ राशि – दिन मध्यम फलदायि रहला ।अतिथीको स्वागत् सत्कार गर्न पाईएला ।साथीभाईको सहयोग पाईएला ।खर्च भने बढ्ला ।

मिन राशि -कुनैपनि नयाँ वस्त्र वा आभुषण प्राप्त होला ।दैनिक कार्य सोचेअनुरुप सफलता मिल्ला । दिर्घकालिन लगानि वा शेयर मार्केटमा भने उपर्युक्त समय छैन बिचार गर्नु होला ।

आजकाे वास्तु टिप्स –
खर्च बढिरहन्छ वा अनावश्यक खर्च हुन्छ ? कसरी बच्ने ? कतै तपाईले पर्समा विल , आैषधिको कागज त राख्नु हुदैन नि ?
यदि राख्नुहुन्छ भने हजुरलाई ऋण लाग्न शुरु हुन्छ ।पर्समा कहिले पनि विल वा अन्य कागज नराख्नु ।
-अाैषधि पनि नराख्ने ।
– सिरानमा पैसा नराख्ने ।
-सिक्का र नोट संगै एकसाथ नराख्ने ।
– व्यागलाई समय समयमा सफा गरिरहने ।
– पर्समा रातो रङको कागज वा कपडा सधै राख्ने ।
– घरमा प्रत्येक दिन गृह्य लक्ष्मिले गंगाजलले अभिषेक गर्ने ।
– पर्समा पन्च वा सप्तमुखि रुद्राक्ष पनि राख्न सकिन्छ ।

ज्योतिषी तथा वास्तु विद् माधवा शर्मा ।
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फोनं ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्