
राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर बिष्टलाई सडक सुधार र आवश्यक समन्वयका लागि अपील गरेको छ। मञ्चले आज सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा पर्ने विभिन्न सडक खण्डहरूमा खाल्डाखुल्डी, ट्राफिक संकेतको अभाव र अन्य समस्याहरूले सर्वसाधारणको दैनिक जीवनमा ठूलो असर परेको उल्यख गरेको छ। मञ्चले सडकको नियमित मर्मत, खाल्डा पुर्ने, ट्राफिक संकेत राख्ने र दुर्घटना न्यूनीकरणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। साथै, मञ्चले तुलसीपुर बजार क्षेत्रमा पर्ने सडकको अवस्थालाई विशेष ध्यान दिई सुधार गर्नुपर्ने माग गरेको सदस्य सचीव चेतन रेग्मीले जानकारी दीनुभएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख दीपेन्द्र बहादुर बिष्टले समस्यालाई गम्भीर रूपमा लिएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। अहिले सडक विस्तारको कुनै योजना नभएको ,सडक छ्याउँछाउँका खाल्डाहरू पूर्ण गर्न यो वर्ष बजेट नरहेको बताउनुभयो। उहाँले राष्ट्रिय राजमार्ग भन्ने वित्तीकै २५ मीटर सडक हुनै पर्छ भन्ने नरहेकोले आवश्यकता अनुसार सडक घटबढ हुन सक्ने बताउनुभयो।
मञ्चका अध्यक्ष नवराज लामीछानेले ज्ञापनपत्र बुझाउँदै सडकको अवस्थाले सर्वसाधारणको दैनिक जीवनमा असर परिरहेको भन्दै तत्काल समाधानका लागि आग्रह गर्नुभयो।
उहाले भन्नुभयो, “सडकको बीचबाट जथाभाबी बाटो काटने अवस्थाले दुर्घटनाको जोखिम बढेको छ, त्यसैले सम्बन्धित निकायले तुरुन्त पहल गर्नुपर्छ।”
कार्यक्रममा मञ्चका पदाधिकारीहरू दिपक कुमार आचार्य,डा.अरुण कुमार श्रेष्ठ,प्रलाद शाह,सुर्य प्रशाद पौडेलको सहभागिता रहेको थियो।

