
जेष्ठ नागरिकलाई न्यानाेस्वरुप ब्लाङ्केट र स्वास्थ्य जाँच गरिएकाे छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीले न्यानाेस्वरूप ब्लाङ्केट वितरण गरेकाे हाे ।
लुम्बिनी प्रदेश कमिटीका काेषाध्यक्ष द्राेण वलीले स्वास्थ्यकर्मी समाजमा याेगदान पुर्याएका जेष्ठ नागरिककाे सम्मानस्वरुप न्यानाे कपडा वितरण गरिएकाे हाे । उहाँले तुलसिपुर उपमहानगरपालिका वडा न १९ र घाेेराही उपमहाानगरपालिका वडा न ११ का जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएकाे बताउनुभयाे ।
स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य नारायण घर्तीले महासंघकाे केन्द्रीय कार्यक्रमअनुसार जेष्ठनागरिककाे गाँउमै पुगेर स्वास्थ्य परीक्षण गरिएकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलले वडाले ८० वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई न्यानाे कपडा वितरण गरेेकाे बताउनुभयाे ।उहाँले महासंघले वडालाई छनाेट गरि थप उत्साहित बनाएकाे बताउनुभयाे ।
राप्ती लाइफ केयर अस्पतालका डाक्टर आयुष गाैतमले स्वास्थ्य जाँच गर्नुभएकाे थियाे । जेष्ठनागरिककाे मधुमेह,उच्चरक्त चाँप,दमकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।नेपाल स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेशकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर एवम न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
केन्द्रीय सदस्य नारायण घर्तीकाे अध्यक्षता एवम केन्द्रीय सदस्य गाेपीलाल घर्तीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
निर्वाचन आयाेगका सचिव विमल केसी, वडा न १९का
कावा वडाध्यक्ष रामबहादुर पाैडेल ,प्रेस चाैतारी दाङका काेषाध्यक्ष गाेकर्ण पाैडेल, नेकपा एमाले वडा न १९ वडा कमिटी अध्यक्ष लाेकबहादुर राेका लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे शहजिकरण प्रदेश काेषाध्यक्ष द्राेण वलीले गर्नुभएकाे थियाे ।

