
दाङको दंगीशरण गाउँपालिकाका महिला अब प्रविधिमैत्री बन्दै गएका छन्। समुन्नति डिजिटल फाइनान्स परियोजनाअन्तर्गत सञ्चालित वित्तीय शिक्षा र डिजिटल साक्षरता तालिममार्फत उनीहरू डिजिटल च्याम्पियन बन्न थालेका छन्।
विद्युत, पानी, मोबाइल बैंकिङजस्ता सेवा घरमै बसि उपयोग गर्न सक्ने भएका महिलाले समय र खर्चमा बचत गर्न थालेका छन्। २०८१ कार्तिक ११ गतेदेखि सुरु भएको साक्षरता तालिममा प्रशिक्षक अन्जु चौधरीले २० महिलालाई तालिम दिनु भएको हाे।
तालिमको अनुगमन गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वली र प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले गरेका थिए। अध्यक्ष गिरीले महिलालाई आत्मनिर्भर बनाउने सीपको माग गर्न आग्रह गरे भने उपाध्यक्ष वलीले बचतलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयाे।
समुन्नति परियोजनाका अनुसार हालसम्म ४६ कक्षामार्फत ९५० जना डिजिटल साक्षर बनाइएको छ र २३७ डिजिटल च्याम्पियनको घरमा निःशुल्क इन्टरनेट जडान गरिएको छ।

