ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्र श्रीगाउँ को नवनिर्मित भवन उद्घाटन



No description available.

ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा श्रीगाउँ दाङको नवनिर्मित सत्कार भवन उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री म धन बहादुर मास्की र ब्रह्माकुमारीज क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो । आज सोमबार एक कार्यक्रमका बिच भवन उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मास्कीले लुम्बीनी प्रदेश सरकारले समग्र क्षेत्रमा सरकारको उपस्थिती र आवश्यक्तालाई बोध गरेको र समग्र यो प्रदेशमा बिकाशका कामहरु अगाडि बढाउने प्रयत्न गरिरहेको बताउनुभयो । यस भवनको बाकि रहेका भोतीक निर्माणका कामहरु सफल पार्न प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयोे ।

ब्रह्मकुमारीज क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षता तथा अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतीथ्यता एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको बिशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पालीका उपाध्यक्ष पिमाकुमारी खड्का, निवर्तमान अध्यक्ष भागीराम चौधरी, ६ न वडा अध्यक्ष रोशनजङ शाह , नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, हिन्दु बिद्यापिठका संस्थापक डा. भोला योगी, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, वडा न. ७ न निवर्तमान वडाध्यक्ष बिरु वली, जग्गादाता डोलराज योगी, ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराहीका अध्यक्ष यज्ञ बहादुर भण्डारी लगाएतले बोल्नु भएको थियो ।

No description available.

सो अवसरमा जग्गादाता एवं सहयोगी ब्यक्ती र संस्थालाई दोसल्ला ओढाएर साथै सम्मान पत्रद्वारा सम्म्मान गरिएको थियो । कार्यक्रममा स्थानीय, विभिन्न संघ संस्था एवं ब्रह्माकुमारी दाङ जिल्लाका सेवाकेन्द्रका सदस्यहरुको उपस्थिति रहेको थियो ।
स्थानीय केन्द्र संचालिका ब्रम्हकुमारी सावित्री गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सस्ंथाका सचिव राजयोगी शिवलाल महतराले गर्नुभएको थियो ।सो अवसरमा विभिन्न सांस्कृति नृत्य प्रश्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्