दंगीशरण गाउँपालिका वडा न ५ ले बङ्गुरका पाठा बितरण गरेकाे छ । दलित लक्षित कार्यक्रम अन्तरगत एक कार्यक्रम बिच बङ्गुरको पाठा बितरण गरेको छ । वडाका दलित घरपरिवारलाई उक्त बङ्गुरकाे पाठा बितरण गरिएको हाे ।
आर्थिक उपार्जनमा सानो भएपनि सहयोग मिलोस भन्ने उदेश्यका साथ अर्थिक बर्ष २०८०/८१ को बजेटमा वडा बाट १ लाख ५० हजार बिनियोजन गरी बितरण कार्यक्रम गरीएको वडा अध्यक्ष निरज बस्नेतले जानकारी दिनुभयो ।
वडा न ५ की दलित महिला वडा सदस्य सुमित्रा विकको अध्यक्षता ,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता ,प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डे र वडा अध्यक्ष निरज बस्नेतको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न गरीएको थियो ।
वडा सदस्य भुम प्रसाद देबकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार