तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी निर्वाचनमा नेकपा (एमाले) उम्मेदवार खडा गरेकाे छ । चैत २ गतेका दिन हुने निर्वाचनका लागि एमालेले विभिन्न जिम्मेवार ब्यक्तिहरुलाइ उम्मेदवार खडा गरेकाे हाे ।
जसमा अध्यक्ष पदका उम्मेदवार मनोज लामिछाने, उपाध्यक्ष पदमा लक्ष्मण केसी (राप्रपा), सचिव पदमा भुवन भुसाल, कोषाध्यक्ष पदमा शुशिला न्यौपाने दाहालले उम्मेदवारी दिएका छन् ।
यस्तै सदस्य पदमा उम्मेदवारहरु पदम बहादुर खड्का, सुकण्ठ न्यौपाने (शुशिल), छमा भण्डारी, प्रमिला तिवारी र शुशिला वलीले उम्मेदवारी दिएका छन् ।
उनीहरुले बुधबार मनोनयन दर्ता गरेका हुन् । मतदान तुलसीपुरको अरनिको मैदानमा हुनेछ। चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म मतदान गरिनेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार