अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँने तयारी



आज ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै - Dainik Nepal
 अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा घोराहीमा विभिन्न कार्यक्रम हुने भएको छ । यहि मंसिर १७ गतेका दिन घोराहीमा विहान प्रभातफेरि र दिउँसो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले दिवसका दिन विहान विभिन्न संघ संस्थाहरुको सहभागितामा घोराहीमा प्रभातफेरी आयोजना गरेको छ । विहान ८ बजे जिल्ला प्रशासन कार्यालय दाङबाट सुरु हुने ¥याली बजार परिक्रमा गर्दै बसपार्क पुग्नेछ । बसपार्कमा पुगेर सार्वजनिक यातायातलाई समावेशी बनाउनका लागि स्टीकर प्रदान गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रभातफेरिमा सहभागिताका लागि विभिन्न संघ संस्थालाई अनुरोध गरिएको प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिनुभयो । प्रभातफेरि गरेर बसपार्कमै कोण सभाको आयोजना गरिनेछ ।
यसैगरी सोही दिन दिउँसो घोराही उपमहानगरपालिका स्तरिय अपाङग समन्वय समितिको आयोजनामा अन्तरक्रिया र सम्मान कार्यक्रम आयोजना गरिनेछ । अपाङ्ग समन्वय समितिका संयोजक तथा घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीको अध्यक्षतामा विहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन विहान प्रभातफेरिमा सहभागी हुने र दिउँसो अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
अपाङ्गता भएकाहरुको अवस्था, उनिहरुले भोगिरहेका समस्या र सवालका बारेमा अन्तरक्रिाय गर्ने साथै सोही अवसरमा पत्रकारिताका माध्यमबाट अपाङ्गताका सवाल र सरोकार उजागर गर्नका लागि भूमिका खेल्नुभएका पत्रकार जय नारायण पुन (जेएन सागर)लाई पुरस्कृत गरिने छ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाले पुरस्कार प्रदान गर्ने निर्णय यस अघि गरेको थियो ।
विहीबार बसेको समन्वय समितिको बैठकले घोराही उपमहानगरपालिकामा अपाङ्गता परिचय पत्र वितरण गर्ने कार्यलाई व्यवस्थित गर्ने, सहायक सामग्री मर्मतका लागि शिविर संचालन गर्ने लगायतका निर्णय गरेको घोराही उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत मोती विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका उपाध्यक्ष शरद अधिकारी लगायतले सुझावहरु राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्