दाङमा मोटरसाइकल एकआपसरमा ठोकिदा दुई जना घाइते



दाङमा दुई वटा मोटरसाइकल एकआपसरमा ठोकिदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीबेणी गाँउपालिका–७ का ४७ वर्षका कृष्ण बहादुर डाँगी र लु ८८ प ८३९८ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का २७ वर्षका राम प्रसाद घिमिरे घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घिमिरेको हात र टाउकोमा चोट लागेको छ । उहाँको मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालमा उपचार भैरहेको छ । अर्का घाइते डाँगीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

घिमिरेको अवस्था मध्यम रहेको छ भने डाँगीको अवस्था सामान्य रहेको छ । घोराही– तुलसीपुर सडक खण्डको तुलसीपुर– १८ बेलझुण्डीमा आज सोमबार दिउँसो साढे ३ बजेतिर मोटरसाइकल दुद्र्धटना भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्