लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा




लुम्बिनी प्रदेश सरकारले बसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा आज शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको सूचनाअनुसार माघ ९ गते बसन्त पञ्चमीका दिन सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ।

मन्त्रालयले प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्