गलत प्रचार र भ्रममा नपर्नुस ः घनश्याम पाण्डे



No description available.

दाङ निर्वाचन क्षेत्र नं. ३ (१) नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफु बिरुद्ध गरिएका गलत प्रचार र भ्रममा नपर्न सबैलाई अपिल गर्नुभएको छ । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवार पाण्डेले जनताको मन जित्ने आफ्ना कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारहरुले निकृष्ट खालका आरोप लगाउने गरेको बताउँनुभयो ।

सरकारमा आफु बस्ने र तुलसीपुर–घोराही सडक बनाएन भनेर अर्कालाई दोष दिने गठबन्धनका उम्मेदवारको कुरा, भ्रम हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले पुष्टि गरेको पाण्डेले बताउनुभयो । गठबन्धनले भ्रमको खेति मात्रै गर्छ भन्ने कुरा तुलसीपुर र घोराही उपमहानगरमा एमालेको विजयी यात्राले पुष्टि गरेको बताउँदै सडक र नगरपालिकाको एजेण्डा डेट एक्सपायर एजेण्डा भएकाले अधुरा योजना आफुले पुरा गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा उम्मेदवार घनश्याम पाण्डेले मेट्रो कलेज , मेट्रो हस्पीटल निती निर्माण गरेर स्थापना गरेको भन्दै यसको विषयमा पनि पनि गलत प्रचार गरेको भन्दै अवको योजना गुणस्तरीय शिक्षाको रुपमा विकास गर्ने, नमुना विश्वविधालय स्थापना गर्ने, विदेशी विधार्थीहरु नेपालमा अध्ययन गर्न आउँने वातावरण बनाउँने अवको योजना रहेको बताउँनुभयो । यस्तै स्वास्थ्यको तहमा लुम्बीनी प्रदेशलाई मातृमृत्युदर सुन्य बनाउँने योजना रहेको भन्दै तुलसीपुर संगै लुम्बीनी प्रदेशलाई रुपान्तरण गरी समृद्ध लुम्बीनी, सुखी लुम्बीनी बनाउाने अभियानका साथ लागिपर्ने बताउँनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्