मा. बि. दाेघरेले मनायो स्वर्ण महाेत्सव



माध्यमिक बिधालय दाेघरे, दाङ ५० औ बार्षािक उत्सव (स्वर्ण महाेत्सव) मनाएकाे छ । आज एक भब्य कार्यक्रम गरि बिधालयले बार्षिक उत्सव तथा संवरण महाेत्सव मनाएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अभ्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीकाे प्रमुख आतिथ्यता एव पूर्व सभासद् तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि चाैधरीले सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा समानता हुनुपर्ने बताउनुभएको छ । पढाईमा गुणस्तर ल्याउन सामुदायिक बिधालयले पनि गृहकार्य गरि शिक्षण सिकाइमा नयाँपन ल्याउनुपर्ने बताउनुभयो ।” हामी यहि सामुदायिक बिधालयमा पढेका बिधार्थि हाैँ, आज याे स्थानमा आउनु यहि बिधालयकाे देन हाे ।”- उहाँले भन्नुभयाे । यहाँका शिक्षकले गुणस्तरीय शिक्षा संगै दक्ष, क्षमतावान बनाउन सुझाव दिनुुभयाे ।

साे अवसरमा विशिष्ट अतिथि वलीले राम्रो विद्यार्थी उत्पादन गर्न शिक्षक काे महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो । आफनाे क्षमता, रुचि अनुसार आफ्नाे चाहना जे विषयमा छ त्यही विषयमा दक्ष हुन पनि विद्यार्थीहरुलाई उहाँले सुझाव दिनुभयो । साथै उहाँले विद्यालयको बन्दै गरेको संरचनालाई पूर्णता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा तुलीपुर उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख चक्र बहादुर भण्डारी, ऐन प्यापसन दाङका पूर्व अध्यक्ष मधेसुदन केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, सदस्य ओज बहादुर खड्का, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, बबइ गाउँपालिका शिक्षा महासंघका संयोजक मान बहादुर बस्नेत, मेघराज घिमिरे, तुलसीपुर, ८ का वडाअध्यक्ष धर्मराज वली, संगित बस्याल, कक्षा ९ की छात्रा संगिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको भौतिक तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक सुनिता यादवले प्रस्तुत गर्नु भएको थियो ।

बार्षिकोत्सव समारोहमा विद्यार्थी, शिक्षकहरुले विभिन्न प्रस्तुती समेत राखेका थिए ।

बिधालयका सहायक प्र.अ घनश्याम आचार्यकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम काे शहजिकरण सुचना अधिकारि मेघराज पाेख्रेलले गर्नु भएको थियाे ।

साे अवसरमा शिक्षक सम्मान , सहयाेगि दातालाइ सम्मान, पुस्तक बिमाेचन गरिएको थियाे ।

२०३१ सालमा स्थापना भएको विधालय भाैतिक विकासमा पछाडि रहेपनि पछिल्लो समय शैक्षिक गतिविधिमा अगाडि बढेकाे देखिन्छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्