दिपक वली
गुरुकुल एकेडेमी घोराही आफ्नो १० औ बार्षिक उत्सवको अवशरमा विज्ञान प्रदर्शनि गरीको छ । गुरुकुल एकेडेमी घोराही , लमही र तुलसिपुरका विद्यार्थिहरुले बनाएका बैज्ञानिक सामग्रिहरुको आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको हो ।
कक्षा ३ देखि १२ सम्मका विद्यार्थिहरुले विज्ञान प्रदर्शनिमा भाग लिएका थिए । विद्यालयले एक औपचारीका कार्यक्रम गरेर विज्ञान प्रदशर्नि गरेको हो ।
विज्ञान प्रदशर्निको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य सरद अधिकारीले आफुले प्रदर्शनिबाट धेरै कुरा सिक्ने अवशर पाएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले विज्ञान प्रदशर्नि , प्रदर्शनि मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थिहरुलाई अझ धेरै कुराहरु बनाउनको लागि उत्सुकता जागेर आउने बताउनुभयो । कुनै पनि बैज्ञानिकहरु एकै पटकमा सफल नहुने भन्दै असफलता पछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थिहरुलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिनुभयो । बैज्ञानिक एडिसनको उदाहरण दिदै उपलब्ध भएका सम्पुर्ण कुराहरुको सदुपयोग गदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
गुरुकुलका विद्यार्थिहरुको रचनात्मक काम देखेर यो प्लेटफर्म उपलब्ध गराउने गुरुकुल एकेडेमी पक्कै धन्यबालको पात्र हो ,” अधिकारीले भन्नुभयो “ ।
यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पुर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुराहरुमा पनि सहभागि गराउने गरेको बताउनुभयो । कुनै पनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थिहरुलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने बताउनुभयो । फरक ढंगले सोच्ने क्षेमताको बिकास हुने भन्दै बालबालिकाले बनाएका रोचक तथा हेर्न लायकका सामग्रिहरु विश्लेषणात्मक तरीकाले हेर्न सक्ने जनशक्ति उत्पादन तर्फ विद्यालयले ध्यान दिएको पनि उँहाले बताउनुभएको थियो ।
सो अवसरमा गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।विज्ञान प्रदशर्निमा हवाइजहाज , ड्रोन क्यामरा , लुम्बिनि प्रोजेक्ट हल , क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन , स्मार्ट सिटि ,एसि , कुलर , सोलार कुकर , वाटर साइकल , सेभ द अर्थ लगायतका सामग्रिहरु बनाएर प्रदशर्निमा राखिएको थियो ।
गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक जित बहादुर थापाले गर्नुभएको थियो ।