उच्च अदालत तुलसीपुरले एक वर्षको अवधिमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गरेको जनाएको छ । अदालतका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेका अनुशार आर्थिक वर्ष २०८० र०८१ मा दर्ता भएका १४ सय ९९ मुद्धामध्ये १ हजार ८० मुद्धाको फछर्यौट भएको छ । आर्थिक वर्षमा ९ सय ८० नयाँ मुद्धा दर्ता भएका थिए भने ५ सय १९ जिम्मेवारी सरि आएका थिए । जसमध्ये ४ सय १९ वटा मुद्धा फछर्यौट हुन बाँकी रहेका छन् ।
अदालतले आर्थिक वर्ष २०८० र ०८१ भरी गरेका गतिविधिको बारेमा संचारकर्मीसँग गरिएको अन्तक्रिया कार्यक्रममा अदालतले विगतका वर्षको तुलनामा वितेको वर्षमा उल्लेख्य मात्रामा मुद्धाहरुको फछर्यौट गरेको जनाएको हो ।
पछिल्लो समय अदालतमा ज्यान मार्ने उद्योग, लागुऔषध, जबरजस्ती करणीका मुद्धाहरुको संख्या धेरै रहेको अदालतको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८० र०८१ मा ज्यान सम्बन्धी १ सय ६२ मुद्धा मध्ये १ सय २५ फछर्यौट भएका छन् । यस्तै सम्बन्ध विच्छेदको ४८ मध्य ४१ फछर्यौट, जग्गा खिचोलाका ५० मध्ये २९ फछर्यौट, अंशका ८८ मध्ये ४१ फछर्यौट, अपहरण तथा शरिर बन्धकका ११ मध्ये ८ फछर्यौट, आत्महत्या दुरुत्साहनका १९ मध्ये १७ फछर्यौट, करार सम्बन्धि १२ मध्ये ७ फछर्यौट, घरेलु हिंसाका ४ मध्ये २ मुद्धाको फछर्यौट गरिएको छ ।
यस्तै अदालतमा एक आर्थिक वर्षमा १ सय ५८ नयाँ मुद्धा दर्ता भएकोमा ३० वटा सफल भएका छन् भने १ सय १९ मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । १ सय ४९ मुद्धा फछर्यौट भएका छन् ।
आर्थिक वर्ष २०७९ र ०८० मा ५० दशमलव ६६ प्रतिशत अर्थात ५ सय ३३ मुद्धा फछर्यौट भएको छ । आर्थिक वर्ष २०७८।०७९ मा ६० दशमलव ८२ प्रतिशत अर्थात ६ सय ४, ०७७ र ०७८ मा ५ सय २० र ०७६ र ०७७ मा ४ सय ८ मुद्धा फछर्यौट गरेको अदालतको पञ्चवर्षिय तथ्याँकले देखाएको छ ।
अदालतमा पनि मुद्धाको छिनोफानो मेलमिलापको माध्यमबाट हुने गरेको बताउँदै अदालतका मुख्य न्यायाधीश पाण्डेले मेलमिलापको विश्वास गर्ने पक्ष भने कमै मात्रामा रहेको बताउनु भयो । उच्च अदालत तुलसीपुर मातहतमा रहेका अन्य जिल्लाका अदालतमा पनि मुद्धा फछर्यौटको संख्या राम्रो रहेको तथ्याँकमा उल्लेख छ । उच्च अदालत तुलसीपुर मात्रै होइन जिल्ला अदालत दाङ रोल्पा, रुकुम, प्युठानका अदालतहरु पनि फछर्यौट गर्नमा तदारुकताका साथ लागेको उहाँले बताउनु भयो ।
अदालतले दिएको तथ्यांक अनुशार दाङ जिल्ला अदालतले आर्थीक बर्ष २०८० र ०८१ मा ६५.२१ प्रतिशत मुद्धा फर्छयौट गरेको छ । जिल्ला अदालतमा ५४ सय ९९ मुद्धा दर्ता भएकोमा ३५ सय ८६ मुद्धा फर्छयौट भएका छन् ।