सल्यानमा सिस्नाेकाे पाउडर बनाउन सिक्दै



सल्यानको कपुरकोट गाउँपालिकाले कृषकका लागि सिस्नोको पाउडर बनाउने तालिम बुधबारबाट शुरु भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजनामा पाँच दिनसम्म सञ्चालन हुने तालिम ५ जान महिला र १० जान पुरुष गरी जम्मा १५ जना सहभागी भएका छन्। तालिमको उदेश्य स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गरी उद्यमशीलताको विकास गर्नु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कपुरकोट गाउँपालिकाको उपाध्यक्ष प्रकाश भण्डारीले ग्रीन फाउन्डेसन नेपाललाई धन्यवाद दिँदै कपुरकोट गाउँपालिकालाई वन पैदावार कृषि क्षेत्रबाट उद्यमशिलताको विकास तिर लैजानुपर्छ । उद्यमशिलता विकासका लागि कपुरकोट गाउँपालिका पहिलो दिन देखि नै अनुसन्धानको थालनी गरिरहेको बताउनु भयो। गाउँपालिकाको तर्फबाट बनजंगल,कृषि,जडीबुटीमा आधारित उद्यमशिलता विकासका निमित्त धेरै अध्ययन भएको र अब आफ्नै ठाउँमा भएका जुनसुकै कच्चा पदार्थलाई प्रयोग गरी विभिन्न खालका उद्योग सञ्चालन गरेर स्थानीयलाई उद्यमी बनाउने पनि बताउनुभयो।

कार्यक्रममा अथिति रहनु भएका कपुरकोट गाउँपालिका वडा नं. ४ का अध्यक्ष मित्रलाल कठायत ले तालीम समय भर ध्यान दिएर तालिम लिन तालिम सम्पन्न भए लगत्तै एउटा समूह गठन गरेर समूहलाई उत्कृष्ट बनाउने र कपुरकोटको नाम थुप्रै देशमा चिनाउनु पर्छ भन्नु भयो। त्यस्तै FECOFUN कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले आफ्नै ठाउँमा भएको सिस्नो माग काठमाडौं,पोखरा लगायतका देशका विभिन्न सहरमा औषधिको रूपमा प्रयोग गर्दै आएको बताउँदै यसको उत्पादन धेरै गर्नु पर्छ भन्नु भयो।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्