गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले ल्यायो बिशेष छात्रबृति योजना  




दिपक वली

गुरुकुल एकेडमी लमहि र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।

प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थिहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुर्ण रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको  लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।

छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा  र लमहिको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताउनुभयो । २०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसिपुर र लमहिमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो ।

विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमहि र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुर्ण भौतिक संरचना निर्माण सम्पन्न गरी पठन पाठन संचालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्