सरकारले दलीत समुदायका लागि स्पष्ट निती तथा कार्यक्रम उल्लेख नगरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सरकारले निती तथा कार्यक्रम पारीत गरेपनि स्पष्टता नदेखिएको उनीहरुले गुनासो गरे ।
राष्ट्रिय अर्थव्यवस्था सुदृढ नभई दलितको अवस्था सुदृढ हुन सक्दैन भन्ने मान्यताका आधारमा गरिबी, बेरोजगारी, शिक्षा स्वास्थ्य, सामाजिक सुरक्षामा देखिएका असमानता, पछौटेपन, जातीय छुवाछुत र विभेद अन्त्यका साथै सामाजिक न्यायमा आधारित वितरणमा ध्यान दिने गरी दलित मुद्दा एक विशिष्ट तर सम्बोधन गर्नैपर्ने साझा समस्याका रूपमा समग्र बजेटरी सिस्टममै पुनरावलोकन गरिनुपर्छ भन्ने दलितहरूको चाहना पिँडालुको पातको पानीझैँ भएको उनीहरुको धारणा थियो ।
स्थानीय सरकारले प्रकाशित गर्ने रातो कितावमै अस्पष्ट निती तथा कार्यक्रम छन् । यसलाई सच्याउनुपर्ने उनीहरुले माग गरे । जोखिममा रहेका बस्ती तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ भनिएबाट अग्रगामी वाम तथा लोकतान्त्रिक सरकारको नीति तथा कार्यक्रममा दलितलाई अलग र विशिष्ट मुद्दा बनाइएको छैन, बरु आमरूपमा औसत मुद्दा बनाइएको छ, जुन विगतका सरकारको नीति तथा कार्यक्रमकै निरन्तरता हो । दलीत महिला जनप्रतीनिधिले गुनासो गरे । वडा मात्र नभई पालीकैबाट ठगिएको छ हामी चाहेर पनि दलीतको हकहितका लागि लड्न सकेका छैनौँ । प्रमुख प्रशासकियकै कारण योजना छनौटमा ढिलाई हुने गरेको उनीहरुले बताए । आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम तथा वजेटमा स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने दलीत समुदायका सवालका विषयमा तुलसीपुरमा बुधवार आयोजीत अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका न.१० का वडा सदस्य शरु सुनारले बजेट धेरै थोरै जती भएपनि दलीत कार्यक्रमका लागि न्युन मात्रामा वजेट छुट्याउँने गरेको बताउँनुभयो । आफुले बोलेका कुराहरु लागु नहुने भन्दै सिमीत मात्रामा वजेट विनीयोजन भएका कारण दलीत समुदायका लागि सोचे अनुरुप काम गर्न नसककेको बताउँनुभयो । “ हामीलाई जानकारी हुदैन पालीकाबाट वजेट पास हुन्छ । अघिल्लो वर्षको कार्यक्रम हु – वहु प्रकाशित भएर आउँछ ।” – सुनारले भन्नुभयो ।
वडा न.८ का वडा सदस्य निमा सार्कीले पहिलो वर्ष अन्यौलता भएपनि अवका वर्षमा वडाले दलीत समुदाय र लक्षीत वर्गका लागि आत्मनिर्भर हुन सक्ने गरि वजेट विनीयोजन गर्नुपर्ने बताउँनुभयो । उहाले भन्नुभयो – “महिला सदस्यहरुको सल्लाह बमोजीम कार्यक्रम राख्नुपर्ने तर आफै मनपर्दि वजेट विनीयोजन गर्नाले दिगो रुपमा कार्यक्रम संचालन हुन सकेका छैनन् ।”
वडा न. १३ का वेलमती परियारले दलीत समुदाय भन्ने वित्तीकै आलटाल गरेजस्तो गर्ने गरेको गुनासो गर्नुभयो । हेपाहा दृष्टिले हेर्ने र सोच्ने गरेका कारण वजेट विनीयोजन गर्दा दलीत समुदाय मारमा परेको बताउँनुभयो ।
तुलसीपुर १७ कि सुनीता परियारले दलीत महिला जनप्रतीनीधिहरुको अर्थपुर्ण सहभागिता गराउँनुपर्ने कुरामा जोड दिनुभयो ।
वडा न. ४ कि वडा सदस्य कुमारी वि.कले दलीतहरुको हक अधिकारमा आवाज उठाउँन दलीत महिला संजाल गठन गर्न सुझाव दिनुभयो । वडाबाट विनस्योजीत वजेटले दलीतहरुको उत्थान हन नसक्ने भन्दै अर्थपुर्ण कार्यक्रमका लागि कार्यपालीका बैठकमै आवाज उठाउँनुपर्ने बताउँनुभयो ।
वडा न. ५ कि मधु सुनारले वडामा वस्ती छनौट गरेर वजेट विनयिोजन हुने गरेको जानकारी दिदै अवका दिनमा शुसासनमुलक वजेट विनीयोजन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
वडा न. १ गौरी नेपालीले वडा विकट वडा भएकाले भौतीक निर्माणमा मात्र वजेट विनीयोजन हुने गरेको बताउँनुभयो । लक्षीत वर्गका लागि कुनै पनि कार्यक्रम संचालन हुन नसेको बताउँनुभयो ।
वडा न. २ कि माया सुनारले वडाले भौतीक निर्माणमा मात्र केन्द्रित भएको गुनासो गर्नुभयो । वडाबाट दलीत समुदायका लागि लक्षीत कार्यक्रम संचालन हुन नसक्नु दुखद भएको बताउँनुभयो । अवका दिनमा वडा र पालीका सल्लाह सहकार्य बाट कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा कार्यपालीका सदस्य एमुना परियाले कार्यपालीकामा जती कुरा उठान गरेपनि दलीत महिलाका कुरा सुनुवाई नभएको बताउँनुभयो । यस्तै कार्यपालीका सदस्य लक्ष्मण विश्वकर्माले तुलसीपुर उपमहानगरपालीकामा १ वडा अध्यक्ष सहित ५ जना वडा सदस्य गरि ६ जना दलीत कार्यपालिका सदस्य रहेको बताउँनुभयो । तुलसीपुरको नीती तथा कार्यक्रममा दलीत समुदायको हकहितका निमाीक्त जती उल्लेख गरिएपनि वजेट विनीयोजन कार्यान्वयनमा फितलोपना रहेको दावी गर्नुभयो । अवका दिनमा दलीत एैन कार्यान्वयन समिती गठन भईसकेको र तयसकै आधारमा दलीतका मुद्धाहरु सम्बोधन गर्ने कार्यक्रम अघि बढाउँने बताउँनुभयो । उहाँले आफु मात्र बोलेर मात्र सुनुवाई नहुने भनदै दलीत समुदायका सवालमा मिडियासंग अन्र्तक्रिया गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा वडा न. १३ का वडा अध्यक्ष मोहनलाल पौडेलले दलीत समुदाय लक्षीत कार्यक्रम नभएपनि महिला लक्षीत कार्यक्रममा दलीत समुदायका महिलाहरुलाई समेट्ने गरेको बताउँदै आगामी दिनमा दलीत समुदायका लागि वजेट विनीयोजन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो । विकट वडा भएका कारण पनि भौतीक निर्माणलाइृ विषेश जोड दिने गरेको बताउँनुभयो । वडामा १ सय २५ घर खरको छानोमा बस्दै आएकोमा दलीत घरपरिवार पर्ने गरि ३३ घरपरिवालाइृ टिनको छानो वितरण गरेको जानकारी गराउँनुभयो ।
वडा न. १ का वडा अध्यक्ष हुमाकान्त सापकोटाले दलीत भित्र पनि विभेद भएकाले विभेद अनत्यका लागि सोच परिवर्तन गर्नका लागि सचेतनामुलक कार्यक्रम गरिने गरि वजेट विनीयोजन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
वडा न. २ का वडा अध्यक्ष भिम बहादुर योगिले विभेदरहित समाज निर्माण गर्न, पछौटेपनको अन्त्य गर्न, आर्थीक विभेदका कुरा समायोजन गरेर अगाडि बढ्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
वडा न. ४ का वडा अध्यक्ष तुलसी थापाले वडामा दलीत वर्गको पेषालाई बचाईराख्न , संरक्षण गर्न आगामी वर्षहरुमा वजेट विनीयोजन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
वडा न. ८ का वडा अध्यक्ष धर्मराज ओलीले दुई वर्षको कार्यकालमा दलीत समुदाय लक्षीत कार्यक्रम नराखेपनि वडाका दुइृ जना दलीत समुदायका बालीकाहरुलाई मेट्रो कलेजमा अध्यापन गराईरहेको बताउँनुभयो । अवका वर्षमा दलीत समुदायका ब्यक्तीहरुको सल्लाह बमोजीम कार्यक्रम राख्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
वडा न. १२ का वडा अध्यक्ष खुसीराम चौधरी र वडा न. १७ का वडा अध्यक्ष थलराज पुरीले दलीत समुदायलाई केन्द्रीत गरेर सिप मुलक, ज्ञानमुलक र ब्यवसायमुलक कार्यक्रम संचालन गरिने बताउँनुभयो ।
तुलसीपुर उपमहानगरपािलकाका प्रवक्ता तथा वडा न. १८ का वडा अध्यक्ष माधव वलीले नगरपालीकाले दलीत सुमदायको उत्थानका लागि हरेक वडाका दलीत सलस्यहरुसंगको सल्लाह बमोजीम कार्यक्रम गर्दै आएको बताउँनुभयो । अझ बढि कार्यक्रम तयार गर्न दलीत महिला सदस्य जागरुक हुनुपर्ने बताउँनुभयो ।
दलीत महिला संघका पोषण सेन्चुरीका अनुशार तुलसीपुर उपमहानगरपालीकामा २०८०र ८१ मा वडा न. ४ वडा न.६, वडा न. ७ र वडा न. १६ ले मात्र दलीत समुदाय लक्षीत कार्यक्रमका लागि वजेट विनीयोजन गरेको छ । यस्तै २०७९ र ८० मा वडा न. २, ५, ६, ७, ९, १०, ११, १२ र १४ न. वडा रहेको छन् । जँहा वजेट विनीयोजन भएपनि कुनै वडामा अस्ष्ट रुपमा कार्यक्रम ृललेख गरिएको पाईएको छ ।
दुई वर्षको अवधिमा दलीत समुदायलाई वजेट विनीयोजन नगर्ने वडामा वडा न. १, ३, ४, ८, १३, १५, १६ र १७ परेका छन् । यस्तै लक्षीत वर्ग भनेर वजेट विनीयोजन गर्ने वडामा २, ५, १० र ११ न. वडा रहेका छन् । यस्तै दलीत कार्यक्रम भनेर वजेट विनीयोजन गर्ने वडा ६, ७ ९, ११ र १४ न. वडा रहेको तथ्यांकले देखाएको छ ।
फेडोले आगामी आर्थीक वर्ष २०८१र ८२ मा ७ वटा सुचकमा रहेर योजना बनाउँन सुझाव दिएको छ ।
दलीत महिला संघ जिल्ला शाखा दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण गंगा विश्वकर्माले गर्नुभएको थियो ।