कम्युनिष्टका पुराना नेता महेश चौधरीको निधन



No description available.

नेपाल कम्युनिस्ट पार्टी एमाले का पूराना नेता महेश चौधरीको आज बुधबार  दुखद   निधन भएको छ। दंगिशरण गाउँपालिका ४ बैबाङ निवासी ७३ बर्षीय चौधरिको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

चौधरी नेपाल कम्युनिस्ट पार्टी एमाले का केन्द्रिय सल्लाहकार परिषदका सदस्य समेत हुनुहुन्थ्यो।  पार्टीलाई जोगाउन घरवास ब्यक्तिगत जीवन त्याग गरि पंचायती ब्यबस्था बिरुद्ध लडदै उनी राष्ट्रिय सभाको सदस्य हुदै २०५४ मा स्थानीय बिकास राज्य मन्त्री हुनु भएको थियो । चौधरी लेखन तथा साहित्यमा योगदान पुर्याउनुभएको थियो ।

उहाँले पार्टीलाई जीवन समर्पित गर्नुभएको थियो यस्तो अनुकरणिय नेताको निधनले आज कम्युनिष्टआन्दोलनलाई निकै ठूलो क्षति भएको एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत बताउनुहुन्छ ।

चौधरीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी एमाले दाङ(देउखुरीले दुःख ब्यक्त गरेको छ । अध्यक्ष हुकुम बस्नेत र सचिब मनोहर बुढाथोकीले एक शोक बक्तब्य जारी गरि दुःख ब्यक्त गरेका छन। चौधरीको भोलि बिहिवार बिहान ८ बजे बैबाङको बबई घाटमा अन्त्यष्टी हुने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्