युवाको साथ समृद्धिको आधार

अनेरास्ववियु दंगीशरण गाउँ कमिटीको बैठक


No description available.

अनेरास्ववियु दंगीशरण गाउँ कमिटीको बैठक दंगीशरण गाउँपालिका पार्टि कार्यालयमा सम्पन्न भएको छ । मंसिर ४ गते हुने लागिरहेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै बैठक बसेको हो । बैठकले वडाका बुध केन्द्रमा निर्वाचन परिचालन कमिटी गठन ,गाउँ कमिटीको पद हेरफेर र मनोनित र निर्वाचन पछि युवा विद्यार्थीहरु राजनीति सँगसँगै उधमशीलता विकासमा जोडिने गरि उधमशीलता विकास तालिम सञ्चालन गर्ने लगाएतका निर्णय गरेको छ ।

अनेरास्ववियु दंगीशरण गाउँ कमिटीको अध्यक्ष खुसिराम चौधरीको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं.३ को उम्मेदवार कोमल वलिको प्रमुख अतिथि एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष तथा दाङ क्षेत्र नं.३(ख) नेकपा एमालेका उम्मेदवार हुकुम बहादुर बस्नेत र अनेरास्ववियु केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज बिरवल खड्काको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि क्षेत्र नं.३ को उम्मेदवार कोमल वलीले हरेक कार्यको लीडरसिप युवाले गर्नुपर्ने भन्दै सामाजीक राजनीतीक क्षेत्रमा युवाहरुले नेतृत्व गर्नुपर्ने बताउँनुभयो । युवाहरुको साथ र सहयोगमा हरेक कार्यहरु सफल हुने र नयाँ भिजनका साथ कार्य गर्न सहज हुने भन्दै आफुलाई पनि युवाहरुकै आवश्यक्ता रहेको बताउँनुभयो ।

No description available.

यस्तै दाङ क्षेत्र नं.३(ख) नेकपा एमालेका उम्मेदवार हुकुम बहादुर बस्नेतले अवको मंसीर ४ मा युवाहरु एमालेलाई जिताउँन हरेक गाउँ तहमा समृद्धि ल्याउँन अनुशासीत पूर्वक साथ र सहयोग गर्न आग्रह गर्नुभयो । युवाको साथ भए मात्र समृद्धिको आधार हुने भन्दै युवाहरुको हकहितका निम्ती एमालेको सरकार हुनुपर्ने ठोकुवा गर्नुभयो ।

No description available.

बैठकमा मंसिर ४ गते नेकपा एमालेका उम्मेदवारलाई कसरी विजय बनाउने भन्ने विषयमा छलफल भएको थियो । सो अवसरमा अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश शर्मा , दाङ जिल्ला संयोजक सर्जन परियार,नेकपा एमाले जिल्ला सदस्य तथा दंगीशरण ईन्चार्ज भागिराम चौधरी, अनेरास्ववियु जिल्ला सदस्य तथा दंगीशरण ईन्चार्ज सिएम विश्वकर्मा लगाएतले आ आफनो भनाई राखेका थिए । बैठकमा नेकपा एमालेको समानुपातिक उम्मेदवार रेखा शर्मा , नेकपा एमाले प्रदेश कमिटी सदस्य भद्र वलि , अनेरास्ववियु जिल्ला सह संयोजक विवश क्षेत्री , सचिव गोविन्द बस्नेत , नेकपा एमालेका नेतृ तुलसि पोख्रेल, गंगा वलिको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

कार्यक्रम सञ्चालन गाउँ कमिटीका उपाध्यक्ष अंकित आचार्यले गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्