जीप अनियन्त्रित भई पल्टिदा दाङमा १२ जना घाइते



सल्यानमा जिप दुर्घटना: ८ जनाको मृत्यु, एक घाइते :: नारायण खड्का :: Setopati

दाङको शान्तिनगर गाउँपालिका ७ स्थित चरकमटियामा जीप अनियन्त्रित भई पल्टिदा १२ जना घाइते भएका छन् । सोमबार दिउँसो सवा १ बजेतिर चरकमटियादेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ६४० नम्बरको जीप नम्बर नखुलेको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा बबई ६ चरकमटिया निवासी ३३ वर्षिया रक्षिता शाह, घोराही ५ निवासी १२ वर्षिया कुष्मा विक, सोही ठाउँ निवासी ४२ वर्षिया सावित्रा विक, बबई ६ चरकमटिया निवासी ५५ वर्षिया चन्द्रा कुमारी हमाल रहेका छन् ।

त्यस्तै रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ४ सिम्पानी निवासी २३ वर्षिया पुष्पा बस्याल, सोही ठाउँ निवासी ४ वर्षिया विशिका बस्याल, बबई ६ निवासी ११ वर्षिय राकेश विक, सोही ठाउँ निवासी ६० वर्षिया तुलसी पुन रहेका छन् ।

त्यस्तै तुलसीपुर ५ निवासी २९ वर्षिय सुशिला थापामगर, बबई ६ मलैखोला निवासी २१ वर्षिया तिला बुढाथोकी, बबई ६ कट्कुईया निवासी २० वर्षिया भवानी बस्नेत, सोही ठाउँ बस्ने २६ वर्षिया रमिता चौधरी घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकोप्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्