दाङका पाँच पालिकाले जाडो बिदा दिए, तुलसीपुरले आज निर्णय गर्ने



दाङका पाँच पालिकाले जाडो बिदा दिएका छन्। चिसो अत्यधिक बढेपछि जाडो बिदा गरिएको हाे ।

घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिइएको स्थानीय तहका प्रतिनिधिहरूले बताएका छन्।

यसैबीच तुलसीपुरमा पनि विद्यालय बन्द गर्ने तयारी भइरहेको छ।
चिसो अझै बढेमा बैठक बसेर निर्णय गरिने नगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयाे। १८ गते हुने सिकाइ मेलालाई असर नपर्ने गरी निर्णय गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्