घाेराहिमा थारु युवालाई पत्रकारिता तालिम



घाेराहीमा थारु समुदायका युवाहरुका लागि ४ दिने अाधारभुत पत्रकारिता तालिम शुरु भएको छ । थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चाैधरीकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीकाे प्रमुख अातिथ्यमा अाज तालिम उद्घाटन गरिएको हाे ।

तालिम उद्घाटन गर्दै नगरप्रमुख चाैधरीले थारु समुदायका युवाहरु पढेलेखेका भए पनि पढाई पश्चात कुन क्षेत्र राेज्ने भन्नेमा अन्याैलता रहेकाे हुँदा समुदायकाे उत्थानका लागि पत्रकारिताकाे अाधारभुत ज्ञान हासिल गर्न सकेमा यसले धेरै फाईदा पुग्ने बताउनुभयो । सकारात्मक साेँचका साथ जिम्मेवार नागरिकका रुपमा काम गर्ने वातावरण बनाउन पत्रकारिताकाे माध्यमबाट गर्न थालिएको प्रयासले सार्थकता पाउने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

थारु समुदायमा रहेकाे पछाैटेन अन्त्य गर्दै सचेतना फैलाउने उद्देश्य पूरा गर्न थारु समुदायका युवाहरुलाई अाधारभुत पत्रकारिता तालिम दिन थालिएको संघले जनाएको छ।

यस्तै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले जसकाे सवाल हाे, उहीँ समुदायकाे प्रतिनिधित्व हुने गरि गर्न थालिएको पत्रकारिता तालिमले व्यक्तित्व र नेतृत्व विकासकाे अवसरका रुपमा लिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भाेजराज घिमिरे, प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष सन्ताेष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गाैतम, प्रेस युनियन दाङका अध्यक्ष सन्ताेष सुवेदी, थारु कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चाैधरी, प्रेस चाैतारी दाङका अध्यक्ष ईन्द्र डिसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्य समिति सदस्य विष्णु कुसुमकाे स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहकाे सहजीकरण कल्पना चाैधरीले गर्नुभएको थियो ।घाेराही उपमहानगरपालिकाकाे अार्थिक सहयाेगमा शुरु भएको अाधारभुत पत्रकारिता तालिममा ४० जनाकाे सहभागीता रहेकाे छ ।
अाजदेखि शुरु भएको तालिम ४ दिन सम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्