ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले मनायो

८७औ महाशिबरात्री महोत्सव एंव लागुपर्दाथ दुब्र्यसन बिरुद्धको सचेतना अभियान


No description available.
ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्र दाङ्घ घोराही शाखाको आयोजनामा ८७औ महाशिबरात्री महोत्सव एंव लागुपर्दाथ दुब्र्यसन बिरुद्धको सचेतना अभियान समापन समारोह कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रका क्षेत्रिय प्रमुख राजयोगिनी ब्रह्मकुमारी गिता दिदिको अध्यक्षता तथा संघीय संसदका माननीय नारायणी शर्माको प्रमुख आतिथ्य, प्रदेश सरकारका पुर्व राज्यमन्त्रि माननीय अर्जुन कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय शर्माले मानवता भन्दा ठुलो अन्य कुनैपनि कुरा नभएको भन्दै लागुपर्दाथ दुब्र्यसन बिरुद्धका लागी मुख्यत घरमा अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले समाजलाई सकारात्मकतातर्फ लैजानका लागी गरेको कामको खुलेर प्रशंसा गर्दै स्वागतयोग्य तथा सराहनिय रहेको बताउनुभयो । सो अवसरमा पुर्व राज्यमन्त्रि माननीय अर्जुन कुमार श्रेष्ठले धर्म र अनुशासनले मान्छेलाई बाधेर राख्ने हुदा समाजको यस्को कमि हुदै जादा बिकृतिहरु फैलिदै गएकोमा दुख ब्यक्त गर्नुभयो तर ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्र दाङ्घले समुदायलाई अनुशासन, सकारात्मक र मनको शान्तिका लागी गर्दै आएको कामको प्रशंसा गर्नुभयो भने आफु सदैब साथमा रहेको पनि बताउनुभयो । यसैगरी कार्यक्रममानेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले सकारात्मक सोच र मनको शान्तिले नै मान्छेलाई सहि बाटोमा लैजाने र सफलता प्राप्त हुने हुदा ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले गर्दै आएको काम समुदायको लागी अत्यन्त महत्वपुर्ण रहेको बताउनुभयो ।

No description available.
कार्यक्रममा बिश्व हिन्दु महासंघका संस्थापक अध्यक्ष डा.भोलानाथ योगी, सह प्रध्यापक तथा पतन्जली योग समितिका प्रेम शाह, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय दागंका प्रमुख भोला प्रसाद थापा, नागरिक समाजका सचिब नारायण श्रेष्ठ, सिस्पानीका अध्यक्ष डा.लोकराज पराजुली, दागं महिला जेसिज, लोट्स टे«निङ्ख सेन्टर लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा शिवरात्रीको आध्यात्मिक रहस्य र यस्को महत्व बारे राजयोग प्रशिक्षक शिबलाल महतराले प्रश्तुत गर्नुभएको थियो । साथै लागुपर्दाथ दुब्र्यसन बिरुद्धको सचेतना अभियान कार्यक्रम ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोज प्रशिक्षण केन्द्रले दागं जिल्लाको राजपुर गाँउपालिका, लमही नगरपालिका, घोराही उपमहानगरपालिका लगायतको स्थानमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमलाई औपचारिक रुपमा महाशिवरात्रीको अवसरमा भब्यताका साथ घोराहीमा समापन गरेको हो । कार्यक्रमको सहजीकरण ब्रह्मकुमारिज मधुवन आध्यामिक पुर्नजागरण केन्द्र घोराहीका प्रबक्ता ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्