पत्रकार महासंघ दाङको ३१ औँ स्थापना दिवस, पहिलो दिन खेलकुद



No description available.

 

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औँ स्थापना दिवसको अवसरमा आज पहिलो दिन खेलकुदका कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर १८ बेलझुण्डी रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, घैटा फोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको हो ।

May be an image of 9 people and grass

May be an image of 8 people

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रिहार र जंगलकुटी बिच प्रतिशप्रर्धा भएको थियो । जसमा रिहारले जंगलकुटीलाई ३ का विरुद्ध ५ गोलले पराजित गरेको थियो। जंगलकुट्टीको तर्फबाट आदित्य केसीले २ गोल गरेका थिए भने १ गोल आत्मघाती गएको थियो । यस्तै रिहारको तर्फबाट बिनोद बिकले ३ गोल गरेका थिए भने आरके शितलले १ र हिमाल महराले १ गोल गरेका थिए । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका डिएन दाहालले गरेका थिए ।

May be an image of 7 people, people playing football, people playing soccer and grass

यस्तै महिला पत्रकारहरुबिच भएको कुर्सी दौड प्रतियोगितामा रिता केसी प्रथम, यमकला भुसाल द्वितिय र शुरक्षा चौधरी तृतिय भएका छन् । त्यस्तै घैटा फोड प्रतियोगितामा पुर्ण विवस कुसारी प्रथम भएका छन् । खेलकुदका विजेताहरुलाई पुस ४ गते सम्मान गरिने अध्यक्ष दुर्गालाल के.सी.ले जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा सल्लाहाकार सुदिप गौतमको प्रमुखमा आतिथ्यतामा कार्यक्रम भएको हो ।

May be an image of 16 people

May be an image of 5 people and track and field

यसैबिच, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ पत्रकारहरुसँग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गरिने सचिव आर.के शितलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्