लाईन्स क्लव अफ दाङ क्यापिटलले निर्मलाको आशुँ पुछ्यो, दुई कोठे घर हस्तान्तरण



तुलसीपुर १३ कि निर्मला महतरा घर पाएपछि खुसीका आँशु बगाउँनुभयो । घर जल्यो भन्दै रोएकी निर्मला नँया घरमा बस्न पाएको भन्दै खुसी हुनुभयो । जंगलमा लागेको आगोको झिल्कोले बासघारीमा सल्कीयो । त्यसपछि निर्मलाको घरमा । पुर्णरुपमा घर जलेपछि काँहा बस्ने भन्ने चिन्ताले पीरोलेकि निर्मला दुई महिनामै नँया घरमा बस्न पाउँदा खुसि हुनुभयो ।

बैशाख ४ गते घरमा आगो सल्केर पुरै घर जलेर नष्ट भएपछि उँहा छिमेकिको घरमा बाँस बस्दै आउँनुभएको थियो । लाखौँको धनमाल जलेर नष्ट भएपनि मानविय क्षती भने हुन पाएन । विपन्न परिवार पारीवारीक रुपमा हरेक दुःखसंग सम्झौता गर्दै आएकि निर्मलाको सुख र खुसीको दिन कहिल्यै आएको अनुभव भएन । घरमा भएका सबै सामग्री संगै घर नै सखापमा हुँदा घरविहिन भएकि निर्मलालाई लाईन्स क्लव अफ दाङ क्यापिटलले दुई कोठे घर निर्माण गरिदिएको हो । दुई महिनामा घर निर्माण गरि आज एक कार्यक्रमका विच निर्मलालाई घर हस्तान्तरण गरेको लाईन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दिपक के.सी.ले जानकारी दिनुभयो ।

घर जलेको भन्ने खवर सुनेपछि लाईन्स क्लवका अध्यक्ष दिपक के.सी. केहि टिम लगेर सिमलखुटि पुग्नुभयो । त्यँहा पुगेका दिपक के.सी.को टिम निर्मलाको आँशु देख्न सकेन । सहयोग गर्ने सोच संगै बर्षात अगाडि घर बनाईदिने योजना बनायो । विभीन्न दाताहरु र स्थानीय सरकारको सहयोग साथै आफनो टिमको सक्दो प्रयासले बस्नका लागि घर बन्यो र करीव दुई / ढाई लाखको लागतमा घर सम्पन्न भयो । लाईन्स क्लव पछिल्लो समय सामाजीक कार्यमा अग्रसर हुदै आईरहेको छ ।

लाईन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दिपक के.सी.को अध्यक्षता तथा वडा न. १३ का वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा निर्मलालाई साचोँ बुझाएर हस्तान्तरण गरीएको थियो ।

सो अवसरमा वडा अध्यक्ष पौडेलले वडा सरकारबाट निर्मलालाई टिनको जस्तापाता दिएर सहयोग गरेको बताउँनुभयो । वडा भौतीक रुपले विकट भएकाले विकाश निर्माणका कामलाई छिटो छरीतो रुपमा सम्पन्न गर्न नसकेको बताउँनुभयो । यहाँको खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटोको क्षेत्रमा अझै पनि सोचे अनुरुप काम गर्न नसकेको बताउँनुभयो । वडामा अझै पनि ६० घर भन्दा धेरै खरका छाना रहेको र आगामी वर्षहरुमा यसलाई विस्थापित गर्ने बताउँनुभयो । सो अवसरमा पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशीखा चौधरीले सस्ंथाले गरेको कार्य प्रशंसनीय रहेको बताउँनुभएको थियो ।


लाईन्स क्लव अफ दाङ क्यापिटलका उपाध्यक्ष डम्बर के.सी.को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सचिव प्रकाश भुषालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्