अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भयको छ । बिहिवार भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६३ अंकका विरुद्द ६६ अंक लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम स्थान हासिल गर्न सफल भयको हो ।
गुरुकुल एकेडेमीको आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता भएको हो ।गत भाद्र १७ गतेबाट भयको प्रतियोगिताको फाईनल खेल आज भयको हो । फाईनल खेलमा गुरुकुल एकेडेमीका आदित्य थकालि सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भयका छन भने मस्ट भ्यालुयबल प्लेयर पनि थकालिनै बनेका छन । यसै गरि राईजिङ स्टार गोरखा बोडिङका सुमन घर्ति मगर भयका छन । बिद्यार्थिहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गयको महत्वपुर्ण खेल बास्केटबल लाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने उद्वेश्यले प्रतियोगताको आयोजना गरियको गुरुकुल एकेडेमीका कल्चरल चिफ तथा बास्केटबल प्रशिक्षक भुगोल कँवर मगरले जानकारि दिनुभयो ।
तेस्रो स्थानको लागि आज भयको पहिलो खेलमा गोरखा बोर्डि बि समुहले जित हात परेको छ । गुरुकुल एकेडेमी बि समुहलाई २१ का बिरुद्ध ४२ अंक लिएर गोरखा बोर्डिङ बि समुह दोस्रो रनर अप अर्थात तेस्रो स्थानमा पर्न सफल भएको हो । प्रतियोगितामा १० वटा विद्यालयबाट १० वटा समुहले भाग लियका थिय ।प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो । भने विजेतालाई ट्रफि , मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेता टिम गुरुकुल एकेडेमी ए को प्रशिक्षक तथा प्रतियोगिता ब्यबस्थापनमा विद्यालयका संस्कार संयोजक तथा बास्केटबल प्रशिक्षक भुगोल मगर रहनुभयको थियो । प्रतियोगितामा अफिसिएल प्रमुख मन्दिप गिरी रहनुभएको थियो भने अन्य अफिसियलको रुपमा राजेश्वरी चौधरी , अशोक बस्नेत , आयुष नेपाली , बिशाल केसि रहनुभएको थियो । यस्तै रेफ्रिमा प्रज्वलसिङ थापा ,किरण महतरा , मोहन थापा , जेनिस रोका र भुगोल कँवर मगर रहनुभएको थियो ।
गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी पुरस्कार बितरण गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि खेलकुद बिकास समिति लुम्बिनि प्रदेश समितिका सदस्य सचिव समेत रहनुभएका तिरणराज गौतमले बास्केटबल खेल प्रतिको मोह अझैपनि रहेको बताउनुभयो । साथै उँहाले यो खेललाई अगाडि बढाउन र खेलाडि उत्पादनमा टेवा पु¥याउने गरी प्रतियोगिता आयोजना गरेको भन्दै गुरुकुल एकेडेमीलाई धन्यबाद समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसि , गोरखा बोर्डिङका प्रधानाध्यापक मानसिङ घर्तिले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्रतियोगिता सफल पार्न बिभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई विद्यालयका अध्यक्ष ई अनन्तराजज घिमिरेले धन्यबाद समेत प्रदान गर्नुभएको थियो भने कार्यक्रमको संचालन आइएसए संयोजक इन्द्र कुमार पोख्रेलले गर्नुभएको थियो ।