टिनले छाएको कच्ची घरमा आगलागि



विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागि भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ कचिला राम जानकी टोलका गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागी भएको हाे ।

टिनले छाएको कच्ची घरमा आगलागि हुदा  घरमा भएको नगद एक लाख बढी रुपैंया, लत्ता कपडा र जीन्सी सामान गरी करिब चार लाख बढीको क्षति भएको छ । मानविय क्षति भने हुन नपाएको  वडा न.१२ का वडा अध्यक्ष खुसिराम चौधरीले बताउनुभयो ।

आज विहान ७ बेजेतिर विद्युतको तार सर्ट भएर घरमा आगलागि भएको हो । आगो स्थानियवासी, प्रहरी र दमकलको सहायतामा नियन्त्रण लिइएको हाे ।

आगो नियन्त्रणमा लिनको लागि विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रमा फोन गरेर लाइन काट्न लगाएपछि सहज भएको थियाे।

गोल्चीको घरमा दुई छोरा, एक छोरी, नातीनी र बुहारी गरी ६ जनाको परिवार रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्