सप्तरंगी इंगलिस मिडियम स्कूलकाे ‘सक्सेस एक्सपो-२०८१’



तुलसीपुर-९ बेलुवा स्थित सप्तरंगी इंगलिस मिडियम स्कूलकाे ‘सक्सेस एक्सपो-२०८१’ कार्यक्रम सम्पन्न भएको छ । बिधालयले आज एक भब्य कार्यक्रमका बिच ‘सक्सेस एक्सपो-२०८१’ सम्पन्न गरेकाे हाे ।

विद्यालय संचालक समितिका अध्यक्ष ललिजंग शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि रावतले नेपालमै बस्ने वातावरणकाे सिर्जना गर्न तल्लो स्तरबाट ब्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

“हरेक बिधालय प्रतिस्पर्धामा आउनुपर्छ, ब्यवसायमुखि , ब्यवहारीक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ । जबसम्म कक्षा १२ पास गरिसकेपछि विदेशिने परम्पराको अन्त्य हुदैन तब सम्म गाउँठाउँकाे विकास हुदैन । उधमिशल कसरी बन्ने भन्ने हुटहुटि सबै युवामा जाग्नुपर्छ ।”- उहाँले भन्नुभयाे ।

साे अवसरमा विद्यालयका प्रिन्सिपल प्रदिप वलीले यस सक्सेस एक्सपो कार्यक्रमले बिधार्थिहरुमा सीप संगसंगै फरक ढंंगकाे सिकाइ भएको र शिक्षण सिकाइ क्रियाकलापमा प्रेेरित गरेकाे बताउनुभयो ।

साे अवसरमा बाेल्ने अन्य बक्ताहरुले अवकाे शिक्षण सिकाइ प्रविधिमैत्री हुनुपर्ने कुरामा जाेड दिएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक गोपाल गिरीले गर्नुभएको थियाे ।

सक्सेस एक्सपोमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, कला, साहित्य र सांस्कृतिक कुरालाई चित्र मार्फत प्रदर्शनिमा राखेका थिए ।

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्