दाङमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक घाइते



दाङमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–११ का १७ वर्षका कृष्ण ओली घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार घाइते ओलीको निधार, बायाँ हात, नाक र छातीमा चोट लागेको छ । ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज नर्सिङ होममा रेफर गरिएको छ ।

पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ क ११२२ नम्बरको बस र गोलौरा तर्फ जादै गरेको रा ४ प १९५३ नम्बरको स्कुटर आज बुधबार अपरान्ह् ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका– १० गोलौरा चोकमा ठोक्किएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

बस चालक तुलसीपर उपमहानगरपालिका– ६ का ढुण्डिराज बस्नेतलाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्