नेकपा एमाले नेता प्रकाश पराजुली तथा प्रेस चौतारी नेपालमा आबद्ध सक्रिय पत्रकार विकास पराजुलिका पिता तथा सेवा निवृत्त शिक्षक गुणनिधि पराजुलिको निधनप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले दिवंगत पराजुलिप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हाे । शिक्षण पेशामार्फत समाजमा योगदान पुर्याउनु भएका पराजुलिको निधनले एक समर्पित शिक्षासेवी गुमाउनु पर्दा अपुरणिय क्षति ब्यहाेर्नु परेकाे उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार

