लैङ्गिक उत्तरदायी , विपद् तयारी र जैविक अनुकुलन बारे तुलसीपुरमा दुई दिने तालिम सम्पन्न




लैङ्गिक उत्तरदायी विपद तयारी , जलवायु परिवर्तन अनुकुलन तथा न्याय प्रवर्द्दन सम्बन्धि दुई दिने क्षमता विकास तालिम तुलसीपुरमा सम्पन्न भएको छ ।

तालिमकाे पहिलाे दिन तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले विपदकाे अवस्था, यसकाे असर, जाेखिम, न्युनिकरणका उपाए लगाएतका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

यस्तै तालिमकाे दाेस्राे दिन नेपाल रेडक्रस साेसाइटि तुलसिपुर का प्रमुख विश्राम अधिकारीले विपद् जाेखिम ब्यवस्थापन, यसकाे चक्र, प्रभावकारी विपद् जाेखिम ब्यवस्थापनकाे रणनीति, पुर्वकार्य लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियाे ।

समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर टिकाराम खड्काले राज्यकाे नीति निर्माणमा नागरिकले अटेरि गरेर बसाेबास गर्ने गरेका कारण विपद्काे जाेखिममा पर्ने गरेकाे बताउनुभयो । उहाले वैधानिक रुपमा नक्सा पास गरेर मात्र घर बनाउन र वस्ति बसाउन सबैमा आग्रह गर्नुभयाे । साथै विपद् आइहालेमा डराउन नपर्ने भन्दै विभिन्न संघसस्था , स्थानिय पालिका, प्रदेश, संघ सबै यसकाे प्रतिकार्यमा जुट्ने बताउनुभयो ।

तालिममा अन्य सहभागिहरुले विपद्ममा परेकाहरु राहत नपाएर अन्यले राजनीतिक छातामुनि रहेकाहरु पाउने गरेकाे गुनासाे गरेका थिए । दलित, जनजाति , सिमान्तकृत समुदायका मान्छे नै लालपुर्जा नभएको जमिनमा बस्ने गरेकाले उनिहरुकाे समस्याकाे सुनुवाइ नहुने गरेकाे धारणा राखे । यी यस्ता सचेतनाका कार्यक्रम अब गाउँतह तथा वडा केन्द्रित हुनुपर्ने उनिहरुकाे सुझाव थियाे ।

कार्यपालिका सदस्य यमुना परियारकाे अध्यक्षतामा भएको कार्यक्रमकाे शहजिकरण ओरेककि कल्पना चाैधरीले गर्नु भएको थियाे । तालिममा जनप्रतिनिधि , राजनिती दल, महिला समूह, युवा संजाल, पत्रकार लगाएतका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियाे ।

ओरेक नेपालकाे आयाेजना तथा तुलसीपुर उपमहानगरपालिकाकाे समन्वयमा कार्यक्रम सम्पन्न भएको हाे ।

सस्थाले २० वर्षदेखि दाङमा सामाजिक , सास्कृतिक र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाे ओरेकले पछिल्लो समय महिला प्रजनन, विपद्का सवालमा विशेष कार्यक्रम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्