दाङ महिला जेसीज देशकै उत्कृष्ट शाखाका रुपमा पुरस्कृत



दाङ महिला जेसीजले पनि जेनिथ सशक्तीकरण पुरस्कार प्राप्त गरेको छ । नेपाल जेसीजद्वारा प्रदान गरिने जेनिथ सशक्तीकरण पुरस्कार देशभरिका शाखाहरूमा उत्कृष्ट कार्य गरेकाले दाङ महिला जेसीजले पुरस्कार प्राप्त गरेको हो ।

नेपाल जेसीजका सम्पूर्ण कार्यहरू समयमै र सफलतापूर्वक सम्पन्न गर्दै एक सय पाँचमध्ये एक सय पाँच अङ्क नै प्राप्त गर्दै देशभरिका शाखामध्ये पहिलो भएको हो । कार्यसम्पादन, नेतृत्व क्षमता, समय पालन, सदस्य सहभागितालगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

पुरस्कार २०२५ जुलाई १ तारिखमा प्रदान गरिएको हो । दाङ महिला जेसीजकी अध्यक्ष जेसी अनिता ढकालको नेतृत्वमा उत्कृष्ट कार्य गरेकाले पुरस्कर प्राप्त गरेको हो । पुरस्कार पाउनु दाङको लागि मात्र नभई समग्र लुम्बिनी प्रदेशकै लागि गर्वको विषय भएको अध्यक्ष ढकालले बताउनुभयाे ।

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सेन. रजनी थापाको हस्ताक्षरमा प्रदान गरिएको उक्त प्रमाणपत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा दाङ महिला जेसीजले गरेका कामको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरेको हो ।

 

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्