दाङमा राप्ती शान्ति उद्यान र श्रीगणेश सामुदायिक वनको नयाँ नेतृत्व चयन



दाङको तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) र श्रीगणेश सामुदायिक वन समूहको नयाँ नेतृत्व शनिबार सम्पन्न चुनावबाट चयन गरिएको छ।

अन्तिम परिणामअनुसार राप्ती शान्ति उद्यानको अध्यक्षमा सुधिर केसी २३८ मतसहित विजयी हुनुभएकाे छ ।  सचिवमा माया रिजाल निर्विरोध चयन हुनुभएकाे छ भने कोषाध्यक्षमा बोधप्रसाद खनाल १८८ मत ल्याएर विजयी हुनुभएको छ ।

खुला सदस्यमा भागिरथ भण्डारी (१९४), कमल भण्डारी (१९२) र तिलकराम भण्डारी (१५३) विजयी भए। खुला महिला सदस्यमा बोलकुमारी भण्डारी (२४०), तेजु रावत (२११) र जालपादेवी दमाई (१८६) निर्वाचित भए।

यस्तै श्रिगणेश सामुदायिक वन समूहको अध्यक्षमा डिल्लीराज भण्डारी १८८ मतसहित विजयी हुनुभएकाे छ । उपाध्यक्षमा इश्वरा महतारा निर्विरोध चयन हुनुभयो भने सचिवमा तुलसीराम भण्डारी १८८ मतसहित विजयी हुनु भएको छ।

कोषाध्यक्षमा  २४२ मत ल्याएर प्रतिभा भण्डारी र सहसचिवमा माधव गिरी २५६ मतसहित निर्वाचित हुनु भएको छ। अन्य सदस्यहरू निर्विरोध चयन भएका छन्।

दुवै संस्थाको निर्वाचन शनिबार बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सम्पन्न भएको थियो।

 

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस्