
लागुऔषध दुर्व्यसनी विरुद्ध किशोरकिशोरीहरूलाई सचेत गराउने उद्देश्यले विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे ।
बालापुरस्थित माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत झण्डै ९४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लागुऔषधको दुरुपयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरबारे जानकारी दिइएको थियो।

तुलसि सामाजिक विकास केन्द्रका अध्यक्ष ओदबहादुर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष भीम योगीकाे प्रमुख आतिथ्यताामा कार्यक्रम भएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि याेगिले लागुऔषधको कुलतबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गर्दै सचेतना नै यसको न्यूनीकरणको मुख्य आधार भएको बताउनुभयाे ।
कार्यक्रममा वडा सदस्य मोहन डाङी, माया सुनार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक केसी, विद्यालयका प्रधानाध्यापक गणेशमान खड्का लगाएतले आ- आफनाे धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण तुल्सी सामाजिक विकास केन्द्रका लेखा संयोजक शुभम देवकोटाले गर्नुभएको थियो।

