
कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस लमही–घोराही सडक खण्ड अन्तर्गत मुसोट नजिक चिसापानी क्षेत्रमा दुर्घटना भएको छ।
दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लमहीस्थित स्वास्थ्य संस्थामा पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार

